आन्दोलन सफल भएपछि दाेस्राे बजारमा उत्साह, नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

Jun 26, 2022 03:22 PM Merolagani

लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै लगानीकर्ताहरुमाझ उत्साह छाएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। दैनिक औषतमा १ अर्बको शेयर कारोबार भइरहेको बजारमा यस दिन २३० स्टकको ४४ हजार ३४१ पटकको कारोबारमा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको ६३ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उच्च अंकले बढेसँगै यस दिन २२३ स्टकको मूल्य बढेको छ। जसमध्ये ३ दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमध्य पनि २१ स्टकको मूल्य १० प्रतिशत बढेको छ। यस दिन ५ स्टकको मात्र मूल्य घटेको छ। जसमध्ये ४ वटा ऋणपत्र रहेका छन् भने एक म्युचुअल फण्ड रहेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ८ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। यस दिन नबिल बैंकको ६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।