एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज, ११ बजे सपथका लागि बोलाइयो

Jun 27, 2022 10:42 AM Merolagani

गठबन्धन घटक नेकपा एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज हुँदैछ ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच आज राष्ट्रमन्त्री विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने बताइएको छ ।

नयाँ मन्त्रीहरुलाई बिहान ११ बजे सपथका लागि बोलाइएको हो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।