नेप्से घट्न थालेपछि कारोबार रकम पुनः १ अर्बमा झर्यो

Jun 28, 2022 03:23 PM Merolagani

मंगलबार नेप्से परिसूचक ११.८२ अंक घटेर १९२१.३१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०१ अंक घटेको छ।

साताको पहिलो कारोबार दिन उच्च अंकको वृद्धि भएसँगै २ अर्ब नाघेको कारोबार रकम, नेप्से घटेसँगै पुनः घटेर एक अर्बमा सीमित भएको छ। यस दिन २३० स्टकको २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन सिवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ।यस दिन लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.७३ प्रतिशत घटेको छ। त्यसैगरी, जनरल इन्स्योरेन्स, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो लगायतका स्टकहरुको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र नागरिक लगानी कोषको ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। यस दिन बैंकिङ्ग र जीवन बीमा उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।