निर्जीवन बीमा कम्पनीहरुले जेठमा करिब ३ अर्ब बीमाशुल्क आर्जन गरे, ७२ प्रतिशत व्यवसाय बागमति प्रदेशमा केन्द्रित

Jul 03, 2022 11:47 AM Merolagani

चालु आर्थिक वर्षको जेठमा निर्जीवन बीमा कम्पनीहरुले साढे दुई अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ७६ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको २५.६८ प्रतिशत हो ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ती बीमाबाट ५८ करोड ७० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमाहरुले आर्जन गरेको कुल बीमाशुल्कको १९.८३ प्रतिशत हुन आउछ ।

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा विविध बीमाको पनि १७.५१ प्रतिशत अर्थात ५१ करोड ९० लाख रुपैयाँ योगदान रहेको छ।

यस्तै, इन्जिनियरिङ्ग बीमाको १३.०१ प्रतिशत, कृषि तथा पशुपन्क्षी बीमाको ५.०३ प्रतिशत, समुन्द्रिक बीमाको ४.७२ प्रतिशत र हवाई बीमाको २.५३ प्रतिशत योगदान रहेको छ ।

लघुबीमाको भने सबैभन्दा कम ०.०५ प्रतिशत मात्रै योगदान रहेको छ । यस अवधिमा लघुबीमा बापत निर्जीवन बीमा कम्पनीहरुले १४ लाख ४५ हजार रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका छन् ।

करिब ७२ प्रतिशत व्यवसाय बागमति प्रदेशले ओगट्यो

मोटर बीमाले करिब २६ प्रतिशत ओगटेको निर्जीवन बीमा व्यवसाय बागमति प्रदेशमा मात्रै केन्द्रित भएको देखिन्छ । समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमति प्रदेशबाट मात्रै २ अर्ब १३ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा आर्जन गरेको कुल बीमाशुल्कको ७१.९८ प्रतिशत हो ।

बागमति प्रदेशपछि प्रदेश १ मा निर्जीवन बीमा व्यवसाय विस्तार भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रदेश १ बाट २३ करोड ५० लाख रुपैयाँ अर्थात ७.९४ प्रतिशत कुल बीमाशुल्क आर्जन गरेका छन् ।

लुम्बिनी प्रदेशबाट पनि निर्जीवन बीमा कम्पनीहरुले २२ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो जेठ महिनामा आर्जन गरेको कुल बीमाशुल्कको ७.५४ प्रतिशत हो ।

यस्तै, निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कमा मधेश प्रदेशको ५.४० प्रतिशत, गण्डकी प्रदेशको ४.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.९५ प्रतिशत योगदान रहेको छ ।

सबैभन्दा कम बीमाशुल्क भने कर्णाली प्रदेशबाट संकलन भएको बीमा समितिको तथ्यांक छ । कर्णाली प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले २ करोड २० लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा आर्जन गरेको कुल बीमाशुल्कको ०.७३ प्रतिशत मात्रै हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।