आइतबार सुनको भाउ बढ्यो, चाँदी भने घट्यो

Jul 03, 2022 11:51 AM Merolagani

आइतबार सुनको भाउ वृद्धि भएको छ । असार १९ गते सुन तोलामा ३०० रुपैयाँले बढेको छ । यसैगरी, चाँदीको मूल्य भने यस दिन गिरावट भएको छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ ।

शुक्रबार सुनको भाउ घटेको थियो । त्यस दिन सुन प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य सस्तिएको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा झरेको छ । चाँदीको मूल्य निरन्तर केहि दिनयता ओरालो लागिरहेको छ ।

अघिल्लो साताको कारोबार दिन, चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।