डलरको भाउमा नयाँ रेकर्ड, १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नु पर्ने

Jul 03, 2022 11:55 AM Merolagani

अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । बढ्दो क्रममा रहेको डलरको भाउले आइतबार पनि बढेर नयाँ रकर्ड कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइबार अमेरिकी डलरको भाउ १२६ रुपैयाँ ७८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च दर हो । नेपालीले १ डलर साट्नको लागि १२६ रुपैयाँ १८ पैसा खर्च गर्नुपर्छ ।

शुक्रबार अमेरिक डलरको भाउ १२६ रुपैयाँ ६६ पैसा थियो ।

पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ । डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।