शनिवार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९÷८०को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको प्रष्ट पारे ।
प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादन भन्दा पनि उपभोग तर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नु पर्ने अवस्था बढेको बताए । उनले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नु पर्ने बताए ।
डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । उनले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताए । उनले आगामी महिनामा ९० अर्ब भन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको प्रष्ट पारे ।
नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दवाव कम हुन सक्ने आकलन गरिएको उनको भनाई छ । उनले अर्थतन्त्र दबाबमा रहेपनि तत्काल आतिहाल्नु पर्ने अवस्था नरहेको बताए ।
त्यस्तै, अर्थविद् डा.गोविन्द नेपालले अत्याधिक मूल्यवृद्धिको कारण आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरु गरिबीको रेखामुनी पुग्ने बताए । उनले सरकारले आगामी आर्थिक वर्षमा ८ लाख मानिसहरुलाई गरिबीको रेखमाथि पु¥याउने भने पनि अहिलको अर्थतन्त्र र मूल्यवृद्धिको कारण ठिक उल्टो हुने देखिएको बताए । डा.नेपालले सरकारले पछिल्ला समय बढ्दै गएको नीतिगत भष्टाचार नियन्त्रण गर्न नसके अर्थतन्त्र समाप्त हुने बताए ।
अर्थविद् नेपालले अघिल्लो ओली सरकारको जस्तो मुलुकलाई निश्चित गन्तव्यमा पु¥याउने योजना र भिजन दुबै नभएको दाबी समेत गरे ।