Wed, Mar 27, 2024
असार २० गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले १५० प्रतिशत अर्थात १ एक कित्ता बराबर १.५ अनुपातमा एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ। त्यसको १५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २६३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५०९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
कम्पनीले १५० प्रतिशत अर्थात १ एक कित्ता बराबर १.५ अनुपातमा एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ। त्यसको १५० प्रतिशत हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।