अरुण काबेली पावर लिमिटेडको कम्पनी विश्लेषण

Jul 09, 2022 06:16 PM Merolagani

यस साता १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक मात्र बढेका छन्। जसमध्ये एक हो जलविद्युत उपसमूह। गत साता २२७६.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २२.४४ अंक बढेर २२९८.८९ विन्दुमा पुगेको छ।

सोही उपसमूहमध्येको एक कम्पनीको हो, अरुण काबेली पावर लिमिटेड (AKPL)।

यस साता कम्पनीको शेयरमूल्य १४ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३९ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ४५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा ५२० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा ४०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर यी दुई बीचको दूरी सामान्य घटेको छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ जसले सो दिन कम्पनीको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्यसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख ६३ हजार ६०४ कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम ९६ हजार ११० कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ७०.२३ प्रतिशत बढी हो।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २२ करोड ४३ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ३२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबापत ५९ करोड २५ लाख ६० हजार रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ करोड ६९ लाख ३५ हजार रुपैयाँ यस्तो आम्दानी गरेको थियो। यसका साथै सो अवधिसम्ममा अन्य स्रोतबाट आम्दानी ३१ लाख १५ हजार रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा ५४ करोड ८३ लाख ५० हजार रुपैयाँ रहेको छ।

१ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २३ करोड २८ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ १२ पैसा रहेको छ भने बुक भ्यालु ११२ रुपैयाँ ५५ पैसा रहेको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात २८.१० गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ४.०२ गुणा रहेको छ। कम्पनीको आरओई १४.३३ प्रतिशत रहेको छ।

यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५३.३५ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखिन्छ।

हाल नेप्सेमा कम्पनीको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शेयर सूचीकृत छ। शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता ४५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ८ अर्ब ४० करोड ४१ लाख ३ हजार ५६५ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ८८४ रुपैयाँ ४० पैसा रहेको छ भने न्यून मूल्य ३६९ रुपैयाँ २० पैसा रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४८२ रुपैयाँ ९७ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयर खरिद गर्न डराइरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।