एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

Jul 12, 2022 06:25 AM Merolagani

असार २८ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो

नेप्सेले बैंकको ८.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, बैंकको शेयर प्रतिकित्ता ३४८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले लाभांश प्रस्ताव पारित गर्न साउन ९ गते, सोमबार, सिद्धार्थ होटल, बिर्तामोडमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५१ लाख ५२ हजार ७५४ रुपैयाँ बराबरको नगद लाभांश विरतण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रदेशस्तरिय बैंक बनाउन कार्यक्षेत्र विस्तार गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।