स्पेशल प्रि ओपन सेसनमा दोर्दी खोलाको कतिमा भयो पहिलो कारोबार?

Jul 14, 2022 10:50 AM Merolagani

असार ३० गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोर्दी खोला जलविद्युत कम्पनी (DORDI) को पहिलो कारोबार भएको छ।

यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा देखि ३०७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन कम्पनीको शेयर कारोबार भएको हो।

कम्पनीको शेयरलाई नेप्सेले डिओआरदीआई कारोबार संकेत प्रदान गरेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।