कृषि विकास बैंक लिमिटेडको कम्पनी विश्लेषण

Jul 16, 2022 05:52 PM Merolagani

हाल सञ्चालनमा रहेका तीन सरकारी स्वमित्वका बैंकहरुमध्ये दुई बैंक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन्। सोमध्ये एक हो कृषि विकास बैंक (ADBL)।

यस साता बैंकको शेयरमूल्य ८ रुपैयाँ बढेको छ। गत साता ३२३ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ३३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार यस साता बैंकको शेयरमूल्य उकालो लागेमा ३६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा ३०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता बैंकको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। साताको अन्तिम कारोबार दिन ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काट्न लागेको देखिन्छ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ। जसले आगामी दिनमा बैंकको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ताकाे तुलनामा खरिदकर्ता बलियाे रहेको संकेत गर्दछ।

शेयरमूल्यसँगै यस दिन बैंकको भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा ५१ हजार ५६३ कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको २० दिने औषत भोल्यूम ३२ हजार ८५१ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ५६.९५ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ रहेको छ भने सञ्चालन आम्दानी ७ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ६४ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी १९ अर्ब ७० करोड ७१ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर बुकभ्यालु १७१ रुपैयाँ ४ पैसा रहेको छ।

साताको अन्तिम कारोबार दिनको आधारमा बैंकको मूल्य आम्दानी अनुपात २२.७५ गुणा रहेको छ भने प्रतिशेयर बुकभ्यालु १.९४ गुणा रहेको छ। बैंकको आरएसआई न्युट्रल जोन अर्थात ५४.१६ स्केलमा रहेको छ। यसले बजारमा बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश सूचकहरुमा बैंकको शेयरमूल्य बियरिश रहेको संकेत गर्दछ।

नेप्सेमा हाल बैंकको १९ करोड ७० लाख ७१ हजार ७०१.६० कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत ३७१ रुपैयाँ २ पैसा रहेको छ। त्यसैगरी, नेप्सेको ५२ हप्ताको उच्च मूल्य ६२० रुपैयाँ रहेको छ भने न्यून मूल्य २९८ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ६५ अर्ब २३ करोड ७ लाख ३३ हजार २२९ रुपैयाँ ६० पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले एक्सट्रीम फियर जोनबाट फियर जोनतर्फ गइरहेको छ। यसले बैंकको शेयरमूल्य अझै घट्छ भन्ने डर केही कम हुँदै गएको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।