प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौता

Jul 17, 2022 09:08 AM Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ। असार ३२ गते शनिबार यी दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

प्रारम्भिक सम्झौताअनुरूप प्रभु र अजोड (AIL) बीच १००ः७० को अनुपातमा मर्जरमा जाने सहमती भएका छन्।

हाल प्रभु इन्स्योन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड रूपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको छ।

मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुनेछ भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुनेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।