हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु, चुक्ता पूँजी २ अर्ब २४ करोड पुग्यो

Jul 17, 2022 12:24 PM Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) र एभरेष्ट इन्स्योरेन्सले आज साउन १ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन्। दुई कम्पनीले मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू भएको हो।

वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो। सम्झौता पश्चात दुबै कम्पनीले असार २ गते विषेश साधारण सभा बोलाएर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो।

सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स (EIC) को चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको थियो। मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ।

मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।