लघुवित्तको २ लाख ७ हजार कित्ता शेयर साउन २ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। लघुवित्तले सर्वसाधरणलाई निष्काशन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियाे। यस अनुसार यस दिनदेखि लघुवित्तकाे शेयर काराेबार हुनु पर्ने थियाे। तर, काराेबार म्याचिङ्ग नभएका कारण लघुवित्तकाे काराेबार हुन नसकेकाे हाे। बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात मात्र लघुवित्तको शेयर नियमित बजारमा कारोबार हुनेछ।
नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ।