स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्तको कतिमा भयो पहिलो कारोबार?

Jul 22, 2022 10:47 AM Merolagani

साउन ६ गते, शुक्रबार, स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्था (ADLB) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता २५६ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो।

लघुवित्तको २ लाख ७ हजार कित्ता शेयर साउन २ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। लघुवित्तले सर्वसाधरणलाई निष्काशन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार मंगलबारदेखि लघुवित्तको शेयर कारोबार हुनु पर्ने थियो।

तर, कारोबार म्याचिङ्ग नभएका कारण पछिल्ला ३ कारोबार दिनदेखि लघुवित्तको कारोबार हुन सकेकाे थिएन। त्यसले लघुवित्तकाे पहिलो कारोबार यस दिनको स्पेशल प्रि ओपन सेसनमा सरेको हो।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।