शिवम् सिमेन्ट्स लिमिटेडको कम्पनी विश्लेषण

Jul 23, 2022 07:04 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रियल सेक्टरका थोरै मात्र कम्पनीहरु सूचीकृत छन्। जसमध्ये एक हो, शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM)।

यस साता कम्पनीको शेयरमूल्य १७ रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार दिन ७६० रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साताको अन्तिम कारोबार दिन ७७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता कम्पनीको शेयरमूल्य उकालो लागेमा ९०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ६०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता कम्पनीको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। र साताको अन्तिम कारोबार दिन यी दुई बीचको केही साँघुरिएको छ। यसले कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम रहेपनि साताको अन्तिम कारोबार दिन केही घटेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन नेप्सेको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेसँगै यस साता कम्पनीको भोल्यूम पनि बढेको छ। यस साता कम्पनीको दैनिक औषतमा १ लाख ७६ हजार ९८४ कित्ता शेयर खरिदबिक्री भएको छ। कम्पनीको २० दिने औषत भोल्यूम १ लाख २३ हजार ७२० कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा साताको दैनिक औषत भोल्यूम ४३.०५ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १.३८ प्रतिशत घटेको छ भने कुल आम्दानी १.४० प्रतिशत बढेको छ। यता कम्पनीको कुल खर्च ६.९४ प्रतिशत बढेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ १९ पैसा घटेर १९ रुपैयाँ ८४ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ७६ पैसा रहेको छ

शुक्रबारको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९.१६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.७२ गुणा रहेको छ। त्यसैगरी, कम्पनीको आरओई ९.५१ प्रतिशत रहेको छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५१.६९ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा खरिदबिक्री चाप सन्तुलनमा . संकेत गर्दछ। प्राविधिक विश्लेषणका केही उपकरणहरुमा कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा देखिएको छ भने केहीमा बुलिश देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल कम्पनीको ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत छ। यस साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता ७७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण ३४ अर्ब १८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको पछिल्लो १८० दिने औषत मूल्य १ हजार १ रुपैयाँ ८० पैसा रहेको छ। त्यसैगरी, कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य १ हजार ९१० रुपैयाँ रहेको छ भने न्यून मूल्य ६५४ रुपैयाँ रहेको छ।

साताको अन्तिम कारोबार दिन फियर एण्ड ग्रीड मिटरमा कम्पनी एक्सट्रिम फियर जोनबाट फियर जोनमा जान लागेको देखिन्छ। यसले लगानीकर्तामाझ कम्पनीको शेयरमूल्य अझ घट्छ भन्ने डर केही कम भएको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्दा आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।