साउन २६ गतेदेखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ निष्काशन गर्दै एनएमबि क्यापिटल

Jul 28, 2022 05:51 AM Merolagani

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्ड निष्काशन गर्न लागेको हो।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ कराेड इकाईमध्ये निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो योजनाको इकाईका लागि साउन ३१ गतेसम्म आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद भदौ ९ गतेसम्म लम्बिनेछ।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ। क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।