स्पेशल प्रि ओपन सेसनमा बिन्ध्यबासिनी हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

Jul 28, 2022 10:47 AM Merolagani

साउन १२ गते, बिहीबार, स्पेशल प्रि ओपन सेसनमा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) को पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई निष्काशन गरेको १० लाख कित्ता, सर्वसाधरणलाई निष्काशन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७५ हजार कित्ता शेयर गरी एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको पहिलो शेयर कारोबारको लागि नेप्सेले न्युनतम १११ रुपैयाँ ३४ पैसा देखि अधिकतम ३३४ रुपैयाँ २ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो।

कम्पनीको शेयरलाई नेप्सले विएचडिसी कारोबार संकेत प्रदान गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।