नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

Jul 30, 2022 06:35 PM Merolagani

यस साता माइक्रोफाइनान्स उपसमूहको परिसूचक १०.०२ प्रतिशत बढेर बन्द भएको छ। गत साता ४४८५.५३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ४९९.२६ अंक बढेर ४९३४.७९ विन्दुमा बन्द भएको छ।

यसै उपसमूह अन्तर्गतको एक कम्पनी हो, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO)। यस लघुवित्तको शेयरमूल्य यस साता ५६० रुपैयाँ बढेको छ। गत साता २ हजार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य यस साता बढेर २ हजार ९१० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा ३ हजार २५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २ हजार ५०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता लघुवित्तको ५ दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ। र यी दुई बीचको दूरी बढ्दै गएको छ। यसले बजारमा लघुवित्तको शेयरमा बाइङ्ग मोमेन्टम बलियो रहेको संकेत गर्दछ।।

शेयरमूल्यसँगै यस साता लघुवित्तको भोल्यूम पनि बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा १६ हजार १८३ कित्ता शयर खरिदबिक्री भएको छ। यससँगै लघुवित्तको २० दिने औषत भोल्यूम ७ हजार ९८७ कित्ता पुगेको छ। लघुवित्तको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १०२.६२ प्रतिशत बढी हो।

लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड ४७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तले २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २६ करोड १५ लाख २१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३२ करोड ५६ लाख २२ हजार रुपैयाँ र सञ्चालन मुनाफा ३० करोड ९६ लाख ७२ हजार रुपैयाँ रहेको छ।

गत चैत मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ५८ करोड ४६ लाख ६२ हजार रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा लघुवित्तको निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा बढी रहेको छ। यस कारण लघुवित्तको लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाउने सम्भावना उच्च रहेको स्रोतले बताएको छ। सोही कारण लघुवित्तको शेयर खरिद गर्दा लगानीकर्ताले निकै ध्यान पुर्याउनु पर्ने देखिन्छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८६ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२९ रुपैयाँ २८ पैसा पुगेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.७८ गुणा रहेको छ। त्यसैगरी, लघुवित्तको प्राइस टु बुकभ्यालु रेशियो ८.८४ गुणा रहेको छ। सो दिन लघुवित्तको १४ दिने आरएसआई ७९.५४ स्केल अर्थात ओभरबट जोनमा रहेको छ। यसले लघुवित्तमा शेयर बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणमा लघुवित्तको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

नेप्सेमा लघुवित्तको २५ लाख ५० हजार कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य २ हजार २३० रुपैयाँ ५५ पैसा रहेको छ। लघुवित्तको ५२ हप्ताको उच्च मूल्य ३ हजार ३१२ रुपैयाँ ५० पैसा रहेको छ भने न्यून मूल्य ७४७ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ७ अर्ब ४२ करोड ५ लाख रुपैयाँ रहेको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।