बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण, नेप्से सूचक साढे २ प्रतिशत बढ्यो

Jul 31, 2022 03:29 PM Merolagani

साताको पहिलो कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु बीमा कम्पनीमा आकर्षित भएका देखिन्छ। यस दिन ५ बीमा कम्पनीहरुको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ।

यस दिन नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो। त्यसैगरी, यस दिन युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

बीमा कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेका छन्। यद्यपि, लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.७६ प्रतिशत बढेको छ। यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन १.६० प्रतिशत घटेको छ।

आइतबार नेप्से परिसूचक २.५५ प्रतिशत अर्थात ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ९.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १६.१० अंक र सेन्सेटिभ इण्डेक्स ३.८४ अंक बढेको छ।

यस दिन २२० स्टकको ६७ हजार ७४१ पटकको कारोबारमा ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड ३४ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।