तीव्र उतारचढावका बीच झिनो अंक बढेर बन्द भयो नेप्से

Aug 01, 2022 03:16 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। यस दिन कारोबार अवधिभर नेप्सेमा तीव्र उतारचढाव देखिएको थियो।

तीव्र उतारचढावका बीच नेप्से यस दिन १.१५ अंक बढेर २१९६.२५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९४ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१७ स्टकको ६७ हजार २०५ पटकको कारोबारमा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार बुटवल पावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड २ र गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी र एचआईडिसीएलको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको स्वाभिमान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरी, एचआईडिसीएल, अपि पावर र अरुण भ्याली हाइड्रोपावरको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशत घटेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।