भारतबाट चिनी र गहुँ आयातको लागि निजी क्षेत्रबाट प्रस्ताव माग

Aug 04, 2022 01:25 PM MeroLagani

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ तथा चिनी आयातकाे लागि निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै गहुँ र चिनी आयातका नेपालबाट आयातकर्ता र भारतबाट निकासी गर्ने निकासीकर्तालगायत सम्पूर्ण विवरणहरु पेश गरी आयातका लागि प्रस्ताव आह्वान गरेको हो । चिनी र गहुँ आयातको लागि मन्त्रालयको वेवसाइटमा छुट्टाछुट्टै फर्म उपलब्ध रहेको छ ।

मन्त्रालयले गहुँ र चिनी आयात गर्ने आयातकर्तालाई साउन २८ गतेभित्र निवेदन दिन समय दिएको हो । भारतले छिमेकी मुलुकलाई आवश्यकता परे परिमाण तोकेर दिन सकिने तर छिमेकी सरकारको स्वीकृति चाहिने बताएपछि मन्त्रालयले व्यवसायीलाई स्वीकृतिको लागि प्रस्ताव मागेको हो ।

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा गहुँ र चीनको माग ह्वात्तै बढेपछि भारतले यी दुवै वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ । मैदा तथा आँटा उत्पादनका लागि कच्चा वस्तु गहुँ, विस्कुट र चकलेटलगायत अन्य मिठाइजन्य वस्तु उत्पादन गर्न आवश्यक चिनी आयात बन्द भएपछि उद्योग समस्यामा पर्न थालेका छन । 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।