नागरिक लगानी कोषको शेयरमूल्य समायोजन

Aug 10, 2022 08:18 AM Merolagani

साउन २५ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोष (CIT) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन कम्पनीको ३० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य २ हजार २१४ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २ हजार ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गनै कम्पनीले भदौ ६ गते साधारण सभा डाकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।