स्पेशल प्रि ओपन सेसनमा अपर हेवा खोलाको कतिमा भयो पहिलो कारोबार?

Aug 11, 2022 10:49 AM Merolagani

साउन २६ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को स्पेशल प्रि ओपन सेसनमा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) को पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १३० रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको ५० लाख कित्ता साधारण शेयर साउन २५ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता, आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। नेप्सले कम्पनीको शेयरलाई युएचईडब्लुए कारोबार संकेत प्रदान गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।