एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद लम्बियो

Aug 16, 2022 06:27 AM Merolagani

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ नामक म्युचुअल फण्डमा आवेदन दिने मिति लम्बिएको छ। सो म्युचुअल फण्डमा अब भदौ ९ गतेसम्म आवेदन दिन सकिने भएको छ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो। निष्काशन गरिएको कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी रहेको १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

एनएमबि सुभल इन्भेष्टमेन्ट फण्ड २ एक बन्दमुखि योजना हो। यस योजनाको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्षको हुनेछ। क्यापिटलले यस अघि नै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ निष्काशन गरिसकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।