सोही उपसमूहमध्येको एक कम्पनीको हो, आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL)।
यस साता कम्पनीको शेयरमूल्य १३ रुपैयाँ ९० पैसा बढेको छ। गत साताको अन्तिम कारोबार दिन २११ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता २२४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।
यस अनुसार आगामी दिन कम्पनीको शेयरमूल्य उकालो लागेमा २७५ रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा १७५ रुपैयाँमा टेवा पाउने देखिन्छ।
यस साताको अन्तिम कारोबार दिन कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेको छ। आगामी साता कम्पनीको ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितर्फ लागेमा त्यसले कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ।
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले हरियो मैनबत्ती बनाएको छ जसले सो दिन कम्पनीको शेयरमा खरिदचाप बढी रहेको संकेत गर्दछ।
शेयरमूल्य बढेपनि यस साता कम्पनीको भोल्यूम भने घटेको छ। यस साता कम्पनीको दैनिक औषतमा ५५ हजार ५०० कित्ता शेयर खरिदबिक्री भएको छ। यससँगै कम्पनीको २० दिने औषत भोल्युम ८० हजार ७५१ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ३१.२७ प्रतिशत कम हो।
कम्पनीले हालैमात्र सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा उल्लेख्य बढेको छ।
गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार २५८.६५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १० लाख ५२ हजार रुपैयाँ मात्र थियो।
सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ११.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेको छ।
असार मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा रहेको छ।
साताको अन्तिम कारोबार दिनको आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ७२.५५ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ३.२ गुणा रहेको छ। कम्पनीको आरओई ४.४२ प्रतिशत रहेको छ।
यस साताको अन्तिम कारोबार दिन कम्पनीको आरएसआई ५५.५१ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले कम्पनीको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुले कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको देखाएको छ।
हाल नेप्सेमा कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत छ। गत बिहीबार कम्पनीको शेयर प्रतिकित्ता २२४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो। यस अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ७९ करोड ९२ लाख रुपैयाँ रहेको छ।
कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ५०२ रुपैयाँ रहेको छ भने न्यून मूल्य १६२ रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य २३६ रुपैयाँ २१ पैसा रहेको छ।
फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले फियर जोनबाट विस्तारै माथि उक्लिरहेको देखिन्छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्न भन्ने डर केही कम भइरहेको संकेत गर्दछ।
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)