सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को मूल्य समायोजन

Aug 23, 2022 09:27 AM Merolagani

भदौ ७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ (SIGS2) को मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ स्किमले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन स्किमको १० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात स्किमको मूल्य ८ रुपैयाँ ८३ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा स्किमको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, स्किमको इकाई ९ रुपैयाँ ८३ पैसामा अन्तिम कारोबार भएको थियो।

यहि समायोजित मूल्यको आधारमा यस दिन दोस्रो बजारमा स्किमको कारोबार खुल्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।