नेपाल पुनर्बीमा कम्पनीले लाभांश पारित गर्न साधारणा सभा बाेलायाे, बुक क्लाेज कहिले?

Aug 25, 2022 01:46 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले  लाभांश पारित गर्न साधारण सभा बाेलाएकाे छ ।  कम्पनी सञ्चालक समितिको भदौ ९ गते बिहान बसेको बैठकले लाभांश पारित गर्न साधारण सभा बाेलाउने निर्णय गरेकाे हाे । 

 

सभाले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले लाभांश पारित गर्न भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा समेत बोलाएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।