यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते, बिहीबार, कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ।
उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ।