लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

Sep 08, 2022 10:14 AM Merolagani

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले असोज १३ गते, बिहीबार, १४ औँ वार्षिक साधारण सभा डाकेको हो।

सो सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाको मिटिङ्ग आईडी तथा पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले बताएको छ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।