सानिमा इक्विटी फण्डको बुकक्लोज कहिले?

Sep 19, 2022 08:10 AM Merolagani

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड (SAEF) ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज ९ गते बुकक्लोज गर्ने भएको छ। 

यस अनुसार असोज ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाईधनीहरुलाई करसहित २२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी सानिमा क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।