कुनै समय रेलमा चिया बेच्दै हिड्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति हाेला ?

Sep 19, 2022 01:43 PM Merolagani

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ७२ वर्षका भएका छन् । एक विपन्न परिवारमा जन्मेका प्रधानमन्त्री नरेन्द्र दामोदार दास मोदीले कुनै समय जिवनयापन गर्नकालागि रेलमा चिया बेच्दै हिँड्थे । तर थोरै पैसाकालागि गल्ली गल्ली चाहर्ने तीनै नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री बन्न पुगेँ ।

सुका पैसाको महत्व बुझेका उनै नरेन्द्र मोदीको सम्पत्तिको बारेमा केहि दिन अघि भारतीय प्रधानमन्त्री कार्यालयका तर्फबाट जानकारी दिइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कति छ सम्पत्ति ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कुल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ भारतीय रुपैयाँ रहेको छ । भारतीय प्रधानमन्त्री कार्यालयले यस विषयमा जानकारी दिएको हो । सो जानकारीका अनुसार विगत एक वर्षको समयमा प्रधानमन्त्रीको सम्पत्ति करिब २६ लाख भारतीय रुपैयाँले बढेको छ ।

भएको जग्गा पनि दिए दान

तथ्यांक अनुसार भारतीय प्रधानमन्त्रीसँग भएको २.२३ करोड भारतीय रुपैयाँमध्ये अधिकांश रकम उनले फरक फरक बैंक खातामा राखेका छन् । पछिल्लो जानकारी अनुसार प्रधानमन्त्रीसँग कुनै अचल सम्पत्ति छैन । यसअघि उनको गांधीनगरमा जग्गा थियो, तर मोदीले यो जग्गामा भएको आफ्नो अंश दान दिइसकेका छन् ।

शेयर बजारमा छैन लगानी

भारतीय संचारमाध्यमका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले शेयर बजारमा लगानी गरेका छैनन् । उनको कुनै पनि शेयर, बण्ड वा म्युचुयल फण्डमा लगानी छैन । यस्तै उनले आफ्नै कुनै निजी सवारीसाधन पनि नरहेको बताउँछन् ।

यद्यपी भारतीय प्रधानमन्त्रीसँग १.७३ लाख भारतीय रुपैयाँको चार वटा सुनको औंठी रहेका छन् ।  मोदीको सन् २०२२ मार्च ३१ सम्म भएकाे सम्पत्तिकाबारेमा सम्बन्धित जानकारी प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको छ ।

गुजरातकाे जग्गामा छैन स्वामित्त्व

गुजरातको मूख्यमन्त्री बनेको केहि समयपछि उनले २००२ अक्टोबरमा एक जग्गा खरिद गरेका थिए । उनी सो जग्गाका तेश्रो जग्गाधनी थिए । उनले आफ्नो हिस्साको जग्गा दान दिएकाले घरजग्गा सर्वेक्षण ४०१/ए नम्बरका उनको कुनै स्वामित्त्व अधिकार छैन ।

नरेन्द्र मोदीसँग मात्र ३२ हजार २५० रुपैयाँ

सन् २०२२ मार्च ३१सम्ममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३५ हजार २५० रुपैयाँ नगद रहेको छ । यसबाहेक हुलाकमा खोलिएको खातामा नेशनल सेभिंग्स सर्टिफिकेटकारुपमा उनको ९ लाख पाँच हजार १०५ भारतीय रुपैयाँ जम्मा गरिएको छ । उनले जीवन बीमाको एक लाख ८९ हजार ३०५ भारुको पोलीसी पनि लिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।