विश्वविख्यात लोकप्रिय गाडीदेखि नयाँ नयाँ प्रविधि सहितका विद्युतीय सवारीसाधन अटो मेलामा राखिएको छ ।
टेस्लाका दुई मोडल, हुन्डाइन आयोनिक, विवाइडिको नयाँ टेक्निोलोजी सहितको गाडीले नाडा अटो सोलाई अझ सान्दार बनाएको छ ।
यसपालिको नाडा अटोसोमा ९ ओटा चारपाँग्रे अटो कम्पनीको सहभागिता छ भने १७ ओटा इलेक्ट्रिक दुईपाँग्रे सवारीसाधनको सहभागिता छ ।
नेपालकै पहिलो र इनधनबाट चल्ने सवारी रहित नाडा अटो सो भएकाले पनि मेलामा अवलोकन कर्ताको भिड थामि नसक्नु छ ।
सिप्रदि ट्रेडिङ कर्पोरेसनले टाटा नेक्सन इभि प्राइम गाडी सार्वजनिक गरेको छ भने ज्याकले नयाँ गाडी ल्याएको छ ।
दुईपाँग्रे तर्फपनि नयाँ नयाँ ब्रान्ड नाडा अटोसो मार्फत नै प्रवेश गरेका छन । चौधरी समूहले भारतमा चर्चित इलेक्ट्रिक स्कुटर ओला ब्रान्ड यहि अटो सोमा सार्वजनिक गरेको छ ।
हेर्नुस् फोटोफिचर