'हामी चालु आर्थिक वर्ष भित्र न्युनतम ५० प्रतिशत जनसंख्यमा बीमा पहुँच पुर्याउने योजना बनाएका छौं । यसलाई आगामी वर्षहरुमा बढाएर शत प्रतिशत जनसंख्यासम्म बीमाको पहुँच पुर्याउछौं ।' उनले भने, 'पहुँच विस्तारको लागि महत्वपुर्ण पक्ष भएको जनचेतना हो । हामीले बीमा सम्बन्धी सचेतना फैलाउनको लागि स्थानिय तहसंग सहकार्य गर्दै आइरहेका छौं । त्यसलाई थप तिव्रता दिन्छौ ।'
यस्तै उनले प्रतिनिधि सभाका उम्मेवारहरुलाई आफ्नो घोषणपत्रमा बीमालाई प्राथमिकता दिन पनि आग्रह गरे । उम्मेवारहरुले घोषणपत्रमा बीमाका एजेण्डाहरु राख्दा बीमाको पहुँच विस्तार थप सहयोग पुग्ने उनको भनाई छ ।
चालु आर्थिक वर्षको साउन सम्ममा बीमाको दायरा ४१.१५ प्रतिशत जनसंख्यामा पुगेको बीमा समितिको तथ्यांक छ । त्यस अनुसार अझै ५८.८५ प्रतिशत जनसंख्यामा बीमा पुग्न सकेको छैन । अझै पनि आधा भन्दा धेरै जनसंख्या बीमाको पहुँच बाहिर रहेका छन् ।
यद्यपी समितिले १० बर्षमा बीमा क्षेत्रलाई नेपालको सबै भन्दा ठूलो वित्तिय क्षेत्र बनाउने लक्ष्य लिएको छ । त्यसको पछाडी शत प्रतिशत नागरिकमा बीमाको पहुँच पुर्याउने समितिको योजना रहेको पनि समितिका कार्यकारी निर्देशन पाैडेलले जानकारी गराए ।
समितिले चालु आर्थिक वर्षको योजना सार्वजनिक गर्दै बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र बीमाको पहुँच विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, बीमा कम्पनी र आर्थिक पत्रकारहरूसँग अन्तरक्रिया गर्नेलगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने जनाएको छ ।
यस्तै राष्ट्रिय सूचना आयोग, वित्तीय क्षेत्रका नियामक निकायहरू,बीमकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतहरू, कानून व्यवसायी, बीमित, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स लगायत सरोकारवालाहरूसँग समेत छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
बीमा सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना तथा माध्यमिक विद्यालय र सिटिइभीटिका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक कार्य गर्नें, बीमा सूचना केन्द्र स्थापना गर्ने, बीमित हित संरक्षण कोष स्थापना गर्ने, बीमा कलेज स्थापना गर्ने र बीमा सम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाउनेलगायतका कार्य पनि चालु आर्थिक वर्षमै गरिने समितिको जनाएको छ ।
बजारमा प्रतिस्पर्धा बढेसँगै बीमा कम्पनीहरु आफ्नो दायरा फराकिलो बनाउन पनि जोड दिएका छन् । हालसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरु ७७ वटै जिल्लामा शाखा स्थापना गर्न सफल भएका छन् । साथै, उनीहरुको बीमा अभिकर्ता पनि ७५३ वटै स्थानीय तहमा पुगेका छन् ।
त्यसमाथि संख्यात्मक रुपमा पनि कम्पनीको शाखा र अभिकर्ताको संख्या बढ्दो छ । यसले बजारको दायरा विस्तार गर्न र बीमाको पहुँच बढाउने ठूलो सहयोग गरेको छ । साथै, रोजगारीमा पनि सहयोग पुगेको छ ।
हालसम्म बीमा कम्पनीहरुले देशभर ३ हजार ३६३ शाखा स्थापना गरेका छन् । ती शाखाहरुमा १० हजार ८६५ जना कर्मचारीहरू कर्यरत छन् ।