नाडा ईभि सोमा देखिएका यी पाँच ‘बोल्ड’ गाडी, टेस्लादेखि हुन्डाइ आयोनिकसम्म कति पर्छ मुल्य ?

Sep 24, 2022 09:45 AM Merolagani

पछिल्लो समय इन्धनबाट चल्ने सवारी आयात पूर्णरुपमा ठप्प छ । पेट्रोलियम पदार्थबाट सञ्चालन हुने निजी सवारीसाधनमा प्रतिबन्धपछि आम मानिसहरुको ध्यान विद्युतीय प्यासेन्जर गाडी तिरै देखिन्छ ।

विद्युतीय गाडीमा सर्वसाधारणको आकषर्ण थेगिनसक्नु छ भन्ने उदाहरण नाडा इभि अटो सो २०२२को पहिलो दिनले नै पुष्टि गरेको छ ।

विहिबारदेखि काठमाडौंमा सुरु भएको नाडा अटो सोमा दुईपाँग्रे भन्दा चारपाग्रे तर्फ नै सबैभन्दा बढी क्रेज देखिन्छ । पहिलो दिनमै गाडीका स्टलहरुमा ग्राहकको भिड थेगिनसक्नु थियो ।

 

नाडा अटोसोमा ९ ओटा चारपाग्रे प्यासेन्जर विद्युतीय गाडी मात्रै सहभागी छन । ती गाडी मध्य सबैभन्दा बढी चार ओटा ब्रान्डका गाडीमा मानिसहरुको रोजाइमा परेको अटो सोको पहिलो दिनले पुष्टि गरेको छ ।

चारपाग्रे तर्फ ९ ओटा ब्रान्ड रहेपनि टेस्ला, नेटा भि, हुन्डाइ आयोनिक र बिवाइडिको स्टलमा अवलोकन कर्ताको धरै भिड छ ।

मूल्यको हिसाबले एक्सपोमा ३१ लाख ४९ हजारदेखि २ करोड ४० लाख रुपैयाजँ सम्मका बिश्वविख्यात विभिन्न ब्राण्डका विद्युतीय गाडी राखिएको छ । यहाँ हामिले नाडा अटो सोमा सबैभन्दा रुचाइएको गाडीको मूल्य र माइलेज र अन्य विशेषताबारे उल्लेख गरेका छौं ।

कुन गाडीको कति पर्छ मूल्य ?

टेस्ला

नाडा अटोसोमा सबैभन्दा बढी मूल्यको गाडीको रुपमा टेस्लालाई प्रदर्शनिमा देख्न सकिन्छ । विश्वविख्यात कम्पनी भएको कारणपनि यो गाडीमा नेपालीहरुको आकर्षण धेरै छ ।
नेपाली बजारमा यो गाडी आएको धेरै भएको छैन ।

 

तर, जति गाडी नेपाल आएका छन ती गाडी स्टक नरहेको कम्पनीले जनाएको छ । टेस्ला मोडल वाईले ४५० हराहारी माइलेज दिन्छ भने मोडल ३ले तीन सय ५० हाराहारी रन्ज दिन्छ ।

नेपाली बजारमा टेस्ला मोडल ३को मूल्य १ करोड ५५ लाख र मोडल वाई को मूल्य –२ करोड १५ लाख रुपैयाँ तोकिएको छ । टेस्ला मोडल वाई लङ्ग रेन्जको मूल्य भने २ करोड ४० लाख रुपैयाँ छ ।

हुन्डाइ आयोनिक

त्यस्तै नयाँ टेक्नोलोजी सहित नेपाली बाजारमा केहि समय अघि आएको हुन्डाइ आयोनिक पनि उतिकै लोकप्रिय छ । नाडा अटो सोमा हुन्डाइ आयोनिक हट केक भन्दापनि फरक पर्दैन । अन्य गाडीहरु भन्दा फरक देखिने आयोनिकमा गाडी पारखिहरुको क्रेज धेरे छ ।

नयाँ लुक्स, आकर्षक इन्टेरियरलेपनि ग्राहकलाई यो गाडीले लोभ्याएको छ । हुन्डाई आयोनिकले एक पटकको चार्जमा ३७५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
नेपाली बजारमा हुन्डाइ आयोनिकको मुल्य १ करोड १६ लाख तोकिएको छ । हुन्डाइको कोना इभिमापनि ग्राहकको आकर्षण छ ।

टाटा

पछिल्लो समय नेपाली इभि बजारमा सबै भन्दा बढी हिस्सा जमाएको कम्पनी हो टाटा । सुरुमा नेपाली बजारमा टाटा नेक्सन इभि आउदा कम्पनीले एकै पटक सय ओटा भन्दा बढी गाडी एकैपटक विक्री गरेको थियो । अहिले टाटाका सबै गाडी लोकप्रिय छन । जस मध्य टाटा नेक्सन इभि ग्राहकको रोजाइमा छ ।

 

नेपाली बाटो मैत्री, आकर्षक लुक्स र बोल्ड डिजाइनका कारणपनि यो गाडीको लोकप्रियता बढी छ । टाटा बाहेका सिप्रदिले टिगोर ईभी विक्री गर्दै आएको छ भने टाटा नेक्सन प्राइपपनि हिजो नै सार्वजनिक गरेको थियो ।

नेपाली बजारमा टाटा नेक्सन नेक्सन ईभी एक्सएको मूलय ३७ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लसको मूल्य – ३९ लाख ९९ हजार र नेक्सन ईभी एक्सजेड प्लस लक्जरीको मूल्य ४१ लाख ९९ हजार तोकिएको छ । नेक्सन ईभीएक्स जेड प्लस लक्जरी डार्क एडिसनको मूल्य भने ४३ लाख ९९ हजार रहेको छ ।

नेटा

नेपाली बजारमा नेटा भीले छोटो समयमा ठूलो लोकप्रियता कमाएको छ । नेपाल भित्रीएका चारमहिना नपुग्दै सयौं गाडी बेच्न सफल भइसकेको छ । नाडा अटो सोमापनि नेटा भि अवलोकन गर्नेको भिड उतिकै छ ।

 

सस्तो मुल्य, उत्कृष्ट डिजाइन र माइलेजको कारणपनि यो गाडी रुचाइएको छ । नेटा भीले झन्डै एक पटकको चार्जमा चारसय किलोटिरको रेन्ज दिन्छ । नेपाली बजारमा चौधरी समुहले बेच्ने यो गाडीको मूल्य ३७ लाख ९९ हजार तोकिएको छ ।

बीवाईडी

चीनिया ब्रान्ड बीवाईडी गाडी लोमो यात्राको लागी उपयुक्त गाडीको रुपमा चिनिन्छ । बोल्ड डिजाइन, लामो लम्बाइ र कम्फर्ट कै कारण नेपाली बजारमा यो गाडीले राम्रो सफलता पाइरहेको छ ।

 

नाडा अटो सोमा बीवाईडि गाडी मात्रै खोज्दै आउनेपनि भेटिन्छन । टेस्ला, हुन्डाइ, टाटा र बीवाईडि नाडा आटो सोको आकर्षणको रुपमा लिइएको छ ।

बीवाईडि ई ६ले एक पटकको चार्जमा ५०० किलोमिटर माथि नै रेन्ज दिन्छ । नेपाली बजारमा यो गाडीको मुल्य ५९ लाख तोकिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।