कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलर भन्दा तल, नेपालमा के होला त ?

Sep 23, 2022 09:30 PM MeroLagani

कच्चा तेलको मूल्य २०२२ मा जनवरीपछि पहिलोपटक शुक्रबार प्रति ब्यारेल ८० डलर भन्दा तल कारोबार भएको छ । शुक्रबार दिनभरमा अधिकतम ८३.५४ र न्यूनतम ७८.२० डलरसम्म कारोबार भयो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ प्रतिशत र जनवरी पछिको सबैभन्दा न्यून मूल्य हो ।

अमेरिकाका मन्दी आउन सक्ने हल्लासँगै अमेरिकी शेयर बजारमा गिरावट आउँदा कच्चा तेलको मूल्यमा पनि व्यापक गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा आएको कच्चा तेलको मूल्यमा आएको गिरावटसँगै आइओसीले पनि घटाएरै नयाँ मूल्य सूची पठाउने छ । नेपाल आयल निगमलले यसपटक नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँला त । अब आइओसीले अक्टोबर १ मा नयाँ मूल्य सूची नेपाल आयल निगमलाई पठाउनेछ ।रुस युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएर १३० डलर प्रति ब्यारेलसम्म पुगेको थियो ।

नेपालले भारतबाट पेट्रोलियम पदार्थको आयात गर्ने गर्दछ । भारतले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय मूल्य अनुसार तेलको नयाँ मूल्य प ठाउने गर्दछ । पछिल्लो डेढ महिनादेखि भारतले घटेको मूल्य सूची पठाएपछि नेपाल आयल निगमले भने सञ्चित घाटाको हवाला दिँदै मूल्य घटाएको छैन । अहिले नेपालमा पेट्रोलको मूल्य करिब २ महिनादेखि १८१ रुपैयाँ नै कायम छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।