दुई महिनामा ६ अर्बका मोबाइल भित्रिए, आयात प्रतिबन्धले गत बर्षभन्दा ४ अर्बले घट्यो

Sep 25, 2022 03:09 PM Merolagani

चालु आर्थिक बर्षको दुई महिनामा ६ अर्ब बराबरका स्मार्टफोन नेपाल भित्रिएका छन् । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा सो मूल्य बराबरका चार लाख ३८ हजार पिस मोबाइल आयात भएको हो ।

विगत पाँच महिनादेखि ३ सय डलर माथिका मोबाइल नेपालमा आयात गर्न प्रतिबन्ध लगाइएकाे छ । मोबाइल आयात प्रतिबन्ध कै कारण चाडपर्वको मुखमा मोबाइल आयात घटेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७८÷०७९मा १० अर्बका १४ लाख ९८ हजार पिस मोबाइल आयात भएको थियो । गत बर्ष भन्दा चालु आवमा ४ अर्ब रुपैयाँले मोबाइल आयात घटेको भन्सार विभागले जनाएको छ ।

मोबाइल आयात प्रतिबन्धले चडपर्बका लागि पर्याप्त फोन नेपाल भित्रिन सकेको छैन । विशेषगरी दशैं तथा तिहारमा मिड रेन्जका स्मार्टफोन अत्याधिक विक्री हुने भएपनि यो बर्ष आयात प्रतिबन्धले मोबाइल बजारमा ठूलो असर गरेको छ ।

मोबाइल आयात प्रतिबन्ध खुलाउन मोबायल व्यवसायीले पटक पटक सरकारसँग लविङ गरेपनि तत्काल आयात प्रतिबन्ध हट्ने सम्भावना छैन । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा दुई अर्बको मोबाइल आयात भएको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणले गत भदौं ३० गते अवैध मोबाइल आयातलाई प्रतिस्थापन गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गरेको छ ।

भदौं अगाडीसम्म अवैघ मोबाइल भित्रिएपनि असोजदेखि चोरिपैठारीबाट आउने मोबाइल रोकिने प्राधिकरणले जनाएको छ ।

मोबाइल आयात रोक्दा नेपालमा ७० प्रतिशत मोबाइल अवैध बाटोबाट आइरहेको व्यवसायी बताउदै आएका छन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।