इष्टर्न हाइड्रोपावरले स्थनीयलाई जारी गरेको आइपीओ बाँडफाँड

Sep 26, 2022 12:36 PM Merolagani

इष्टर्न हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँड गरेको छ। कम्पनीले गत भदौ ७ गतेदेखि २८ गतेसम्म स्थानीयमा आइपीओ जारी गरेको थियो। सो आइपीओ आइतबार बाँडफाँड गरेको हो।

कम्पनीले भोजपुरका स्थानीयलाई १ सय रुपैयाँ अंकित दरमा ६ लाख २० हजार कित्ता आइपीओ जारी गरेको हो। जसमा रीतपुर्वक आवेदन गर्ने आवेदकलाई ५ लाख ५९ हजार ६९० कित्ता शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्न बाँकी छ। स्थानीयले नकिनेको समेत थपेर सर्वसाधारणमा आइपीओ जारी गर्ने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।