नेपालकै पहिलो नाडा इभि एक्सपोः ३० हजार बढीको अवलोकन,डेढसय माथि गाडी बुकिङ

Sep 26, 2022 02:59 PM Merolagani

नेपालमै पहिलो चार दिने इभि एक्स्पो ३० हजार बढीको अवलोकन सहित आइतबारदेखि सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमडपमा असोज ६ गतेदेखि चलेको नाडा इभी एक्स्पोमा इभी एक्स्पोका सभापति अनुप बरालले औषतमा ३० हजार बढी अवलोनकर्ताको उपस्थिति रहेको बताए।

‘सुरुका तीन दिनमा २५ हजारले अनुगमन गरेका थिए।’ उनले भने,‘आइतबार मात्रै कम्तीमा ५ हजार थपिएपनि ३० हजारले अवलोकन गरेको अनुमान छ’।


उनका अनुसार अपेक्षा भन्दा धेरै नै अवलोनकर्ता आएका छन् भने समग्र कार्यक्रम पनि लक्ष्य भन्दा उत्कृष्ट भएको छ। अवलोकनकर्ताको संख्या,चासो र सवारी बुकिङ्ग राम्रो भएपछि सहभागी कम्पनीले प्रर्दशनी कार्यक्रमको लागि समय थप गर्न समेत माग गरेका थिए।

‘‘अपेक्षा भन्दा राम्रो प्रतिकृया पाएपछि स्टल सहभागीहरुले प्रर्दशनीको लागि समय थप गर्न माग नै गर्नु भएको थियो।’ उनले भने, ‘पूर्व निर्धारित समय अनुसार गर्नु पर्ने भएकाले सम्भव रहेन तर मेला भब्य भयो ’।

विद्युतीय सवारीको प्रर्दशनी मेला नेपालमा पहिलो पटक लागेको हो। पहिलो पटक भएपनि मेला सोचेको भन्दा निकै फलदायी र उपलब्धिमुलक भएको नाडा अटोमोबाईल्स एशोसिएशनका अध्यक्ष ध्रुव थापाले बताए।


‘विद्युतीय सवारी प्रर्दशनी मेला के कस्तो होला भनेर जति उत्साहित थिए त्यो भन्दा बढी डर पनि लागेको थियो।’ उनले भने,‘अन्तिममा आउँदासम्म मेला निकै व्यवस्थित,निजी तथा सरकारीका साथ साथै अन्तराष्ट्रिय स्तरबाट समेत सहयोग र हौसला पायौं ।’

थापाका अनुसार नाडा इभि एक्सपोमा डेढसय भन्दा माथि नै विभिन्न कम्पनीका गाडी बुकिङ भएको छ । सुरुमा ‘इभी एक्स्पो’ को अवधारणा ‘अटो शो’ नहुनेभएपछि आएको भएपछि टिमको छलफल पश्चात इभीको अपरिहार्यतालाई महशुष गर्दै सुरु गरिएको अध्यक्ष बताए।

सरकारले निजी तथा ठुला सवारी साधनको आयात बन्द गरे पछि नाडाले ‘अटो शो–२०२२’ स्थगित गरेको थियो। यता सरकारले विद्युतीय सवारीलाई भने प्रवर्धन गर्ने उद्देश्यका साथ आयात प्रतिबन्ध नगर्ने निर्णय गरेको थियो। फलस्वरुप नाडाले विद्युतीय सवारीको प्रदर्शनी गर्ने तयारी गरेको हो।

वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने उनको बुझाई छ।

इभी एक्स्पोसँगै नाडाले ‘इभी चौतारी’ समेतसँगै अगाडी बढाएको थियो। प्रर्दशर्नी सुरु भएको अर्को दिनदेखि नाडाले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग(युएसआइडी)को सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो।

कार्यक्रममा पहिलो दिन अर्थात असोज ७ गते इभी टेक्नोलोजी र एकोसिस्टम,८ गते फाइनान्सियल एस्पेक्ट अफ इभी शीर्षक र ९ गते पोलिसिज फर प्रमोटिङ इभी शीर्षकमा छलफल सम्पन्न भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।