बिद्युतीय सुशासन आयाेगकाे पहिलाे प्रमुख कार्यकारी अधिकृतकाे रूपमा दिपेश विष्ट नियुक्त

Sep 26, 2022 01:54 PM merolagani

सरकारले बिद्युतीय सुशासन आयाेगकाे प्रमुख कार्यकारी अधिकृतमा दीपेश विष्टलाइ नियुक्त गरेकाे छ । हालै बसेकाे मन्त्री परिषद बैठकले इन्जिनियर विष्टलाइ नियुक्त गरेकाे हाे

गत भदाै १६ गते राजपत्रमा नेपालमा पहिलाे पटक यस्ताे आयाेग गठन गरिने सूचना प्रकाशित  भएकाे थियाे । सरकारले गठन अादेश अनुसार आयाेग गठन गरेकाे हाे ।

सरकारी कार्यालयहरू विस्तारै बिद्युतीय प्रणालीमा आवद्ध हुँदै जाँदा प्रणालीलाइ व्यवस्थित,सुरक्षित र  मर्यादित बनाउन अावश्यक पर्ने नीति नियम बनाउनु आयाेगकाे काम हुने छ । बिद््युतीय प्रणालीका लागि सबैभन्दा थ्रेट मानिने साइबर सुरक्षाका  विषयमा आवश्यक रणनीति तर्जुमा गर्ने काम पनि अायाेगकाे क्षेत्राधिकार भित्र पर्दछ । आयाेगले सूचना प्रविधिको क्षेत्रमा रोजगारी प्रवद्र्धन गर्न आवश्यक नीति तथा योजना तर्जुमा गरेर नेपाल सरकारलाई सिफारिस गर्ने पनि काम गर्ने छ ।

आयाेगमा काे काे रहने ?

प्रधानमन्त्री अध्यक्ष रहने याे अायाेगमा सन्चार तथा सूचना मन्त्री, मुख्य सचिव,प्रधानमन्त्री कार्यालयका सचिव,सन्चार मन्त्रालयका सचिव, सरकारबाट नियुक्त हुने एक महिलासहित दुइ सदस्य र प्रमुख कार्यकारी अधिकृत रहने छन् ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत बिष्ट  प्रधानमन्त्रीकाे आइटी सल्लाहकार समेत हुन् भने सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपालका पूर्व महासचिव समेत हुन् । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।