डलरको भाउ १३१ रुपैयाँ नजिक, दैनिक नयाँ रेकर्ड बनाउदै

Sep 27, 2022 08:21 AM Merolagani

अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा देखिएको छ। बढ्दो क्रममा रहेको डलरको भाउ मंगलबार पनि नयाँ उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ १३० रुपैयाँ ९० पैसा पुगेको छ। नेपालीले १ डलर साट्नको लागि १३० रुपैयाँ ९० पैसा खर्च गर्नु पर्ने भएको छ।

आइतबार अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो। त्यो रेडकर्डलाई तोड्दै आइतबार डलरको भाउले अर्को रेकर्ड बनाएको हो।

अहिले अमेरिकी फेडेरल रिजर्भले ब्याज बढाएको कारण पनि डलरको भाउमा असर परेको छ भने ताइवानलाई लिएर अमेरिका र चीन बढेको विवादको कारणले पनि डलरको भाउमा असर परेको छ। धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउदा डलरको मग बढेका छ। यसले भाउ बढाएको हो।

पछिल्लो समय भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। मंगलबार नेपाली रुपैयाँ इतिहासकै सबेभन्दा कमजोर बनेको छ।

डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने देखिएको छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।