मंगलबार सुनचाँदी सस्तियो, कतिमा हुँदैछ कारोबार ?

Sep 27, 2022 12:39 PM Merolagani

दशैं सुरु भएसँगै सुनचाँदीको भाउ सस्तिएको छ । असोज ११ गते, सुन तोलामा ४०० रुपैयाँमा गिरावट भएको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा झरेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १५० रुपैयाँ खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तिएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।