असोजको पहिलो साता २६ अर्बले बढ्यो बैंकहरुको निक्षेप,सिडि रेशियो निरन्तर घट्दै

Sep 27, 2022 01:35 PM Merolagani

असोजको पहिलो साता नै वाणिज्य बेंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ। भदौदेखि बढ्न थालेको बैंकहरुको निक्षेप संकलन असोजमा पनि बढ्दो क्रममा देखिएको छ।

भदौ अन्तिम दिनसम्ममा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन असोज पहिलो साता अथार्त असोज ७ गतेसम्ममा ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप उच्च दरले बढेपनि कर्जा लगानी भने खासै बढेको छैन। असोज पहिलो साता बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले मात्रै बढेको छ। असोज ७ गतेसम्ममा कर्जा लगानी १४ खर्ब ९४ अर्ब रुपैयाँ छ।

निक्षेप बढेसँगै बैंकहरुको सिडि रेशियो पनि घट्दै गएको छ। असोज ७ गतेसम्म्मा सिडि रेशियो ८७.२१ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।