स्मार्टवाचको बढ्दो ट्रेन्ड, दुई महिनामै ५३ हजार युनिट नेपाल भित्रिए, चीनबाट धेरै आयात

Sep 27, 2022 03:32 PM Merolagani

नेपालमा स्मार्ट वाचको बढ्दो ट्रेन्डसँगै दुई महिनामै ५३ हजार युनिट स्मार्ट वाच नेपाल भित्रिएका छन्।

 भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात करोड रुपैयाँ बराबरका ५३ हजार ३४९ ओटा स्मार्टवाच आयात भएको हो ।

पछिल्लो समय मोबाइल कनेक्टेडका कारण सहज हुँदै गएपछि स्मार्टवाच खरिद गर्ने ह्वातै बढेका छन । विभागका अनुसार चालु आवको पहिलो दुई महिनामा १२ मुलुकबाट स्मार्टवाच भित्रिएको छ ।

जस अनुसार नेपालमा चीन र भारतबाट सबैभन्दा धरै सर्वाधिक स्मार्टवाच आयात भएको छ । चीनबाट मात्रै ५ करोड ७३ लाख ८४ हजार रुपैयाँ बराबरको ४९ हजार ३७० युनिट स्मार्टवाच नेपाल भित्रिएका छन्।

भारतबाट ६७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ हजार ६१० यूनिट स्मार्टवाच आयात भएको छ।

चीन र भारतसँगै अन्य देशबाट स्मार्टवाच आयात हुने भएका छन् । अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, फिलिपिन्स, पोर्टुगल, कतार, यूएई, अमेरिका र भियतनामबाट स्मार्टवाच आएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।