सानिमा र जनरल इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न, मर्जर सम्बन्धी प्रस्ताव पारित

Sep 27, 2022 03:22 PM Merolagani

सानिमा जनरल इन्स्योरेन्स (SGI) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । अलग अलग स्थानमा भएकाे सभामा एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गर्दै दुबै कम्पनीले सभा सम्पन्न गरेका हुन् । 

दुबै कम्पनीकाे सभाले यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेकाे छ । मर्जरपश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि अनुमाेदन भएकाे छ । 

यस्तै डिडिएका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ बराबर १ कायम गर्ने प्रस्ताव पारित भएको छ ।

हाल सानिमाको चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकमा मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रपैयाँ पुग्नेछ ।

दुई कम्पनी एक आपसमा मर्जर भएको बन्ने कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सभाबाट पारित भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।