स्पेशल प्रि ओपन सेसनमा धौलागिरी लघुवित्तको कतिमा भयो पहिलो कारोबार?

Oct 23, 2022 11:01 AM Merolagani

कात्तिक ६ गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड (DLBS) को पहिलो कारोबार भएको छ।

यस दिन लघुवित्तको शेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ३१ हजार कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता शेयर गरी १० लाख ३१ हजार कित्ता शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले डिएलबीएस कारोबार संकेत प्रदान गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।