एनसीसी बैंकको शेयरमूल्य समायोजन

Nov 01, 2022 08:53 AM Merolagani

कात्तिक १५ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक (NCCB) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समयाोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको ३.३७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ।

कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण बैंकको शेयर कारोबार असोज १० गतेदेखि रोक्का रहेको छ।

बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २ गते बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा २५ औं वार्षिक साधारण सभा बोलाएको छ।

यस्तै बैंकको सभाले कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न र गाभिन तथा प्राप्ति गर्न, वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी सम्पुर्ण निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नपनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।