एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन

Nov 01, 2022 09:56 AM Merolagani

कात्तिक १५ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको छ।

प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ब्यालेन्स्ड फण्ड (NICBF) को इकाईमूल्य ८ रुपैयाँ ७८ पैसा कामय भएको छ भने एनआईसी ग्रोथ फण्डको इकाईमूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फण्डहरुको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार नेप्सेमा एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १० रुपैयाँ ८ पैसा र एनआईसी ग्रोथ फण्ड (NICGF) को १० रुपैयाँ ५५ पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी फण्डहरुको कारोबार खुल्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।