एक बीमा कम्पनी, एक जलविद्युत कम्पनी र दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 03, 2022 08:40 AM Merolagani

कात्तिक १७ गते, बिहीबार, एक बीमा कम्पनी, एक जलविद्युत कम्पनी र दुई म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्स र अरुण काबेली पावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक १८ गते, बुकक्लोज गर्दैछ। त्यसैगरी, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे शुरु हुनेछ। सभाले चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यसैगरी, अरुण काबेली पावर लिमिटेड (AKPL) ले कार्तिक ३० गते बुधबार १२ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने, १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै, नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) ले करसहित ७ प्रतिशत र नबिल इक्विटी फण्ड (@NEF) ले करसहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।